काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा अहिले ब्याटल राउण्ड चलिरहेको छ । ब्याटल राउण्डको अन्तिम भाग यसै साता सकिंदैछ ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङले चौथो सिजनको विजेता नारी नै हुनुपर्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले कहिलेकाहीं महिला प्रतियोगीलाई जिताउनुपर्ने धारणा राखेका छन् ।
उनी लेख्छन्, ‘तिमीले खाएको कसम साँचो भएको भए । यसपालिको भ्वाइस अफ नेपाल चाहिं नारी नै हुनुपर्छ । कहिलेकाहीं त फिमेल कन्टेस्टेन्टलाई पनि जिताऔं न हो । कि कसो ?’
मेयर साम्पाङको यो स्टाटसमा धेरै मिश्रित प्रतिक्रिया प्राप्त भइरहेका छन् ।
प्रकाशित मिति: १५ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया