काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव जित्न नसक्ने निष्कर्ष निकालेपछि चुनाव भाँड्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

शनिबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाले झन्डा जलाउने, अमर्यादित व्यवहार गर्ने र तनाव सिर्जना गर्ने गतिविधि बढाएको बताए। यस्ता गतिविधिले रास्वपा चुनाव प्रभावित पार्ने वा भाँड्ने दिशातर्फ लागेको संकेत गर्ने उनको भनाइ थियो।

advertisement

ओलीले रास्वपाको प्रवृत्ति आफ्नो पक्षमा परिणाम आएमा मात्रै चुनाव स्वीकार गर्ने, तर अनुकूल नतिजा नआए चुनाव हुन नदिने खालको देखिएको पनि टिप्पणी गरे।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com