काठमाडौं ।  लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ। प्रहरीले टोखा नगरपालिका–९ स्थित एक गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरू पर्सा, धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट, बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई करिब २२ ग्राम १८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

advertisement

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com