काठमाडौं । रौतहट जिल्ला अदालतले आज आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएको अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको जनाएको छ ।

advertisement

अदालतले सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ ।

फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com