काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

कट्टेलको हकमा छोरा रुपेश कट्टेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कट्टेललाई अदालतमा उपस्थित हुन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसमेतलाई आदेश दिएको हो।

advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत फागुन ६ गते कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको थियो। प्रहरीको हिरासतमा हालसम्म नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साह रहेका छन्।

यसअघि दुर्गा प्रसाईंको रिटमा पनि सर्वोच्च अदालतले गत शुक्रबार उनलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com