काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो।

advertisement

३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रह्यो । समूहगत सूचक सबै राताम्मे भएका छन् । बैंकिङ ०.५२, विकास बैंक १.४१, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन १.०२, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४२, अन्य ०.८५, व्यापार ३.५९ प्रतिशत घटे ।

साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिलायन्स स्पिनिङ मिल्सको ९.२६, कालिका लघुवित्त वित्तीय संस्थाको ५.१७, मञ्जुश्री फाइनान्सको ४.४२ तथा सुपर मादी हाइड्रोपावरको ४.१६ प्रतिशत बढ्यो ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशत घट्यो । त्यस्तै रिडी पावरको ८.३३, अरुणखोला जलविद्युत् कम्पनीको ८.२८, नारायणी डेभलपमेन्ट बैंकको ६.९१ तथा सागर डिस्टिलरीको ६.२३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com