बुटवल । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँमा बालेन्द्र शाहपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राष्ट्रिय राजनीतिमा बालेनको स्पष्ट विचार सुनिदैन, उनको वैचारिक स्पष्टता र दर्शन अस्पष्ट रहेको बताएका छन्। ‘मुद्दा के हो थाहा छैन, दर्शन के हो थाहा छैन,’ उनले थपे।
उनले मधेशको मुद्दा, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग र अन्य राष्ट्रिय समस्याहरू बोकेर अघि बढ्ने काम पार्टीले मात्र गरेको दाबी पनि गरे। ‘मधेशका जनताले तीनै पक्षलाई राम्रोसँग बुझिसकेका छन्। यसैले केवल सामाजिक सञ्जालमा देखिने हल्ला वा घण्टी बज्ने कुरा कुनै प्रभाव पार्दैन,’ अध्यक्ष यादवले बताए।
यादवका अनुसार, मधेश, आदिवासी–जनजाति, दलित, अल्पसंख्यक मुस्लिम, थारू र पिछडा वर्गका समस्या अहिले राष्ट्रिय स्तरका मुद्दा बनेका छन्। यी समस्याको समाधान नभएसम्म राष्ट्रिय एकता र विकासको गति अघि बढ्दैन।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले विगत ३५ वर्षमा कांग्रेस र कम्युनिस्ट सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग जस्ता क्षेत्रमा ठूला सुधार गर्न नसकेको आरोप लगाए। उनले दुई पार्टीले एकअर्काको कमजोरी प्रयोग गरेर पार्टी फुटाउने काम गरेकामा पनि टिप्पणी गरे। संविधानमा देखिएका त्रुटिहरू समयक्रमसँगै स्पष्ट भइसकेकोले संविधान संशोधन अपरिहार्य भएको उनको धारणा रहेको छ।
यसैबीच, जसपाका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनका क्रममा राज्यद्वारा निर्दोष नागरिकको हत्या भए पनि पार्टी संयमित भएर आन्दोलन अगाडि बढाएको बताए। ‘राज्यको अर्थतन्त्र बचाएनौं भने भविष्यमा त्यसको प्रभाव हामीलाई पनि पर्नेछ, त्यसैले जहिले पनि सतर्क रहन्छौं,’ उनले भने।
अध्यक्ष यादव मंगलबार कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा आयोजित आमसभालाई सम्बोधन गर्न रुपन्देही आएका थिए।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया