काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायीदुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रसाईंलाई सार्वजनिक शान्ति भाँड्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। निर्वाचन प्रक्रियालाई विथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रसाईंको परिवारले अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन्। उक्त रिटमाथि आज पनि सुनुवाइ जारी छ।
प्रसाईंका समर्थकहरू लगातार माइतीघरमा भेला भएर रिहाइको माग गरिरहेका छन्। रिटमाथि न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया