काठमाडाैं  । नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान अवस्थामा संविधान र लोकतान्त्रिक पद्धति संकटमा परेको टिप्पणी गरेका छन्।

सोमबार कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले अहिलेको संकट हटाउन प्रतिनिधिसभामा नेपाली कांग्रेसको बलियो उपस्थिति आवश्यक रहेको बताएका हुन्।

advertisement

‘अहिले संविधान संकटमा परेको छ। लोकतान्त्रिक पद्धति संकटमा परेको छ,’ लेखकले भने, ‘संविधानलाई लिकमा ल्याउन र पद्धतिलाई सुचारु गर्नका निमित्त अब बन्ने प्रतिनिधिसभामा नेपाली कांग्रेसको बलियो उपस्थिति जरुरी छ।’

उनले निर्वाचनसम्म अझै ८–१० दिन बाँकी रहेकाले यो सन्देश जनतासम्म पुर्‍याएर कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई सक्रिय भूमिका खेल्न आग्रह गरे।

‘अहिलेको अवस्थाबारे जनताको घरघरमा गएर वास्तविक स्थिति जानकारी गराई कांग्रेसका पक्षमा जनमत तयार पार्न साथीहरूले भूमिका खेल्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com