धादिङ । बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान साढे १ बजे भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको सनाखत पूरा भएको छ।

धादिङ प्रहरीका अनुसार, प्रारम्भमा ९ जनाको सनाखत भइसकेको थियो भने सोमबार दिउँसो थप १० जनाको सनाखत पुष्टि गरिएको छ। डिएसपी प्रकाश दाहालले मृतकहरूको विवरण सार्वजनिक गर्दै सबैको परिवारलाई जानकारी गराइएको बताए।

advertisement

धादिङ दुर्घटनामा मृत्यु हुनेमा तनहुँका ६३ वर्षीय रूद्रप्रसाद ढकाल, २० वर्षीया अर्चना पौडेल, कास्कीकी २१ वर्षीया अञ्जली क्षेत्री, २१ वर्षीय रोहित नेपाली, स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी, काठमाडौंकी ३३ वर्षीय अनिशा महर्जन, मोरङकी २७ वर्षीया हिरा चौधरी, कास्कीका २६ वर्षीय सुजित नेपाली, भारतका ३२ वर्षीय मनिष शुक्ला र चीनकी ४० वर्षीय झाड्ड चुनचन रहेका छन्।

दिउँसो सनाखत हुनेमा पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोپسाङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन्।

साथै एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको पनि मृत्यु भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भएर त्रिशूली नदी किनारमा खसेको थियो।

दुर्घटनामा घाइते १४ जनाको उपचार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ। त्यसमध्ये १० जनालाई कलंकीस्थित नेसनल मेडिकल कलेजमा र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेलाई टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com