काठमाडौ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कैलालीका भारतीय सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। निर्वाचनलाई सुरक्षित र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले यो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार, नाका १८ फागुन राति १२ बजेबाट २१ फागुन राति १२ बजे सम्म बन्द रहनेछ।

advertisement

जोशीले भनेअनुसार, २० फागुन राति १२ बजे देखि मतदान समाप्त नभएसम्म एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवा लगायतका अत्यावश्यक सेवाका सवारीसाधन र कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति दिइनेछ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com