कर्णाली। आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताए ।

advertisement

चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उनले बताए । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँदै गर्दा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना दैनिक महासङ्घमा आउने गरेको बताए ।

यस्तो अवस्थामा पत्रकारहरूले थप जिम्मेवार बनेर सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने उनले जनाए । आचार्यका अनुसार आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएकाले जिम्मेवार र मर्यादित ढङ्गले रिपोर्टिङ गर्नुपर्दछ । त्यस्तै, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरे ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षसहित दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका समस्या, चुनौती र समाधानका लागि अपनाइएको विधिबारे छलफल गरिएको थियो ।

  • रासस

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com