काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले गगन थापा प्रति कटाक्ष गर्दै सांसद र मन्त्री बनेको २० वर्षपछि मात्रै सडक बनाउन कानुन फेर्नुपर्ने कुरा थाहा भएको बताएका छन्।
ठेकेदारलाई रूखमा बाँधेर सडक नबन्ने सन्दर्भमा कांग्रेस सभापति थापाले ४१ वटा कानुन परिमार्जन गर्नुपर्ने बताएका थिए। लामिछानेले मंगलबार इटहरीमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै, कानुन परिवर्तनको ज्ञान सांसद र मन्त्री बनेपछि मात्रै आएको दाबी गरे।
२०/२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्न पर्छ भन्ने ज्ञान आयो तपाईंलाई? तपाईंको ज्ञान तपाईंसँग राख्नु होला, लामिछानेले भने।
उनीहरूले निर्माण व्यवसायीसँग सम्बन्धित विषयमा पनि कानुनले बाँध्ने भएको स्पष्ट पारे। “निर्माण व्यवसायीहरूले हामी असुरक्षित भयौं कि भन्नु होला। बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले होइन। कानुनले बाँधेर काम गराउने भन्ने हो, उनले भने।
लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति निकाल्नतिर होइन, उपकरण खरिद र काम अघि बढाउन ध्यान दिन पनि आग्रह गरे। देश विकासतर्फ जाँदैछ। दुई–तीन सिफ्टमा काम हुन्छ, रातारात काम हुन्छ। तपाईं सँग भएका उपकरण पर्याप्त छैनन् होला। विज्ञप्ति निकाल्न पर्दैन, के–के उपकरण ल्याउने र कसरी प्रयोग गर्ने तिर ध्यान दिनुस्,उनले भने।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया