काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले धरानको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कोशी नदीबाट पानी ल्याउने योजना पहिले नै तयार भए पनि कार्यान्वयन हुन नसकेको बताए। उनले उक्त योजना मेकानिकल लिफ्टिङ प्रविधिबाट सञ्चालन गर्न करिब ५–६ अर्ब रुपैयाँ लाग्ने उल्लेख गर्दै अब रास्वपाले यो समस्या समाधान गर्ने दाबी गरे।

उनले धरानको खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी रास्वपाले लिन चाहेको बताए। साथै, विश्वको पहिलो तीर्थस्थल मानिने बराहक्षेत्रबारे धेरै नेपालीलाई जानकारी नभएको उल्लेख गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने योजना रहेको बताए।

advertisement

बराहक्षेत्र भ्रमणका क्रममा उदयपुरका विभिन्न स्थानहरूको सम्भावना देखिएको भन्दै उनले ती क्षेत्रहरूलाई इन्डोनेसियाको बाली र माल्दिभ्सजस्तै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

यसैगरी, देशका ६०–७० प्रतिशत फुटबल खेलाडी पूर्वी क्षेत्रबाट उत्पादन हुने भए पनि राज्यले उनीहरूको विकासमा पर्याप्त ध्यान नदिएको उल्लेख गर्दै उनले समग्र फुटबल क्षेत्रको विकास गर्ने लक्ष्य रास्वपाको रहेको बताए।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com