काठमाडौं । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तोकिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार यी विनिमय दरहरू जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दरहरू केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिएको छ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया