काठमाडौं । आफूले सह–प्रायोजन गरेको विशाल भण्डारी निर्देशित कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’मा एमाले सचिव महेश बस्नेतलाई अतिथि बनाएपछि होन्डा कम्पनीले हात झिकेको छ।
नेपाली टेलिभिजन कार्यक्रम इतिहासमा यो एउटा दुर्लभ घटना भएको हो।
होन्डाले शोको बारेमा चासो देखाउँदै कार्यक्रम प्रसारण नगर्न आग्रह गरेको थियो तर कार्यक्रम प्रशारण गरियो। होन्डा यसपछि सम्झौता तोडेर बाहिरिएको छ।
निर्देशक भण्डारीले कुनै पनि अतिथिको दल वा विचार हेरेर बोलाउने नगरेको दाबी गरेका छन्।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया