काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अपहरण तथा शरीर बन्धक बनाउने कसुरमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा २६ वर्षीय फर्पेन्द्र न्यौपाने, ३६ वर्षीय धनराज बस्नेत र ४२ वर्षीय शिवबहादुर घर्ती रहेका छन्। उनीहरूले काठमाडौँ महानगरपालिका- १२ टेकुस्थित शिवबहादुर घर्तीले सञ्चालन गरेको रोडलाइन खाजाघर (होटल)को कोठामा पूर्णबहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

advertisement

प्रहरी टोलीले बोहराको सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट विभिन्न मोबाइल ३ थान, रुद्राक्षको दाना १ थान र चेक १ थान बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com