काठमाडौं। उज्यालो नेपाल पार्टी (उनेपा) को हेटौंडामा आजका लागि तय गरिएको भेटघाट कार्यक्रम स्थगित भएको छ।
बिहीबार जारी विज्ञप्तिअनुसार पार्टी अध्यक्ष कुलमान घिसिङ को प्रतिकूल स्वास्थ्य अवस्थाका कारण कार्यक्रम हालका लागि स्थगित गरिएको हो।
पार्टीका जिल्ला कमिटी प्रतिनिधि सुरेन्द्र लामाले अध्यक्षको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएका छन्।
विज्ञप्तिमा अध्यक्ष घिसिङको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया