काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार उक्त कार्यक्रममा संयोजक प्रचण्डले सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचन केन्द्रित विभिन्न विषयमा प्रस्ट पार्नेछन्।

advertisement

निर्वाचनसम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले संयोजक कमरेड प्रचण्डको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो, नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देशभर चुनावी सरगर्मी बढिरहेका बेला प्रचण्डले सार्वजनिक गर्ने धारणालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पत्रकारलाई उक्त कार्यक्रमको समाचार संकलनका लागि निमन्त्रणासमेत गरेको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com