काठमाडौं  । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतका अनुसार, देउवा बुधबार सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यहाँ पुगेका हुन्। उनलाई केही अन्य व्यक्तिहरूले पनि सिंगापुरसम्म साथ दिएका छन्।

advertisement

पार्टीको विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएयता देउवा निष्क्रिय भएका थिए। जेनजी आन्दोलनका क्रममा उनमाथि कुटपिट पनि भएको थियो र त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए।

यसपटक देउवा उम्मेदवार नभएकाले चुनावको बेला विदेश प्रस्थान गरेका हुन्। डडेल्धुराबाट यसपटक कांग्रेसको टिकट नैनसिंह महरले पाएका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com