काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मगर एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रचण्डले आफ्नो सन्देशमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक आन्दोलनमा मगर समुदायको विशिष्ट र महत्वपूर्ण योगदानको चर्चा गरेका छन्। उनले नेपालका राष्ट्रिय एकता, सार्वभौमसत्ता र सामाजिक रूपान्तरणको यात्रामा मगर समुदाय सधैं अग्रपंक्तिमा उभिएको र त्यसको इतिहास सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताएका छन्।
जनआन्दोलन, जनयुद्ध र लोकतान्त्रिक संघर्षमा श्रमजीवी वर्गका रूपमा मगर समुदायले देखाएको साहस, बलिदान र प्रतिबद्धताले आजको उपलब्धि सम्भव भएको प्रचण्डले उल्लेख गरेका छन्। साथै, समावेशी राज्य व्यवस्था, पहिचानसहितको अधिकार र सामाजिक न्याय प्राप्त गर्न अझै संगठित, सचेत र एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
प्रचण्डले राष्ट्रिय मगर एकता दिवसले समानता, सम्मान र समृद्धिको साझा यात्रामा नयाँ संकल्प र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै, मगर समुदायको निरन्तर प्रगतिका लागि शुभकामना दिएका छन्।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया