काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् ।

उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

advertisement

मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेल लाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् ।

पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई समर्थन गर्न लागेकी श्रेष्ठले बताए । पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com