काठमाडौं । नेपाली सेनाका चार जना पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान गरेका छन्। भारतीय राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘चिफ्स कन्क्लेभ’मा सहभागी हुन उनीहरू बिहीबार भारत गएका हुन्।

भारत जाने पूर्व प्रधानसेनापतिहरूमा राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापा र गौरवशमशेर राणा रहेका छन्।

advertisement

राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा बिहीबार दिउँसो करिब २:४५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए। त्यस्तै, प्यारजंग थापा र गौरवशमशेर राणा बिहान ११ बजे एयर इन्डियाको विमानबाट भारत गएका हुन्।

नेपाली सेनाका अनुसार नयाँ दिल्लीमा सञ्चालन भइरहेको १०औँ ‘चिफ्स कन्क्लेभ’मा सहभागी हुन उनीहरू भारत गएका हुन्। फागुन १४ गतेबाट सुरु भएको उक्त कन्क्लेभ फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार गत वर्ष ‘आर्मी डे’को अवसरमा कन्क्लेभ नेपालमा आयोजना गरिएको थियो भने यस वर्ष भारतमा आयोजना गरिएको हो। भारतीय सेनाले नेपालका सबै पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा पठाए पनि चार जना मात्र कार्यक्रममा सहभागी हुन गएका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com