काठमाडौं । नेकपा एमाले का नेता ईश्वर पोखरेलले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई मुलुकको लोकतान्त्रिक प्रक्रिया सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
काठमाडौं-५ का उम्मेदवार समेत रहेका पोखरेलले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘यो निर्वाचन मुलुकको लोकतान्त्रिक र संवैधानिक प्रक्रिया हालको कमजोर अवस्थाबाट सामान्य अवस्थामा ल्याउने अवसर हो। यस दुर्भाग्यपूर्ण अवस्था सुधार गर्न हामी सबैले सक्रिय सहभागिता जनाउनुपर्छ र निर्वाचनलाई सही परिणाम दिने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ।’
उहाँले निर्वाचनमा सहभागी भएर देशको लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबैमा आग्रह गर्नुभएको थियो।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया