काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने ले यसपटकको निर्वाचनमा अन्य दलले एक सिट पनि जित्न नहुने भन्दै रास्वपालाई मत दिन आग्रह गरेका छन् ।

चितवनमा आयोजित पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षीविहीन संसद् निर्माणका लागि रास्वपालाई मात्रै जिताउनुपर्ने दोहोर्‍याए । अरू पार्टीले एक सिट पनि जित्न नपाओस्,” उनले भने, “फागुन २१ गते मतपत्रमार्फत आफ्नो निर्णय देखाइदिनुहोस् ।

advertisement

आफूविरुद्ध प्रमाण भएको दाबी गरिएको उल्लेख गर्दै उनले भने, मविरुद्ध प्रमाण छ भनिएको ६५८ दिन भयो । मेरो अन्तिम इच्छा के हो भनेर सोधिएको थियो, आज चितवनबाट भन्छु– फागुन २१ गते भोटबाट देखाइदिनुहोला ।

लामिछानेले नेपाल मागी खाने देश नभई गरिखाने देश भएको बताए । रास्वपाले देशमा सुशासनको मानक स्थापित गर्ने दाबी गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि आत्मनिर्भर आधारमा अगाडि बढाउने उद्घोष गरे ।

सम्बोधनका क्रममा उनले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकामाथि गोली चलाउने प्रवृत्ति एउटै भएको टिप्पणी गरे । “सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो, उनले भने ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com