काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ । विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा आफ्नो पक्षमा नतिजा पार्न प्रमुख दलहरूले प्रचार–प्रसार तीव्र बनाएका छन् ।

चुनावी अभियानका क्रममा राष्ट्रिय मुद्दाभन्दा ‘नयाँ र पुराना’ दलको भाष्य बढी हावी देखिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘पपुलिष्ट’ शैलीको राजनीति गरेको आरोप लगाइरहेका छन् ।

advertisement

उता रास्वपाका नेताहरूले पुराना दललाई भ्रष्ट र असक्षम ठहर गर्दै परिवर्तनका लागि आफूहरूलाई मत दिन अपिल गरिरहेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछाने र कांग्रेस सभापति गगनकुमार थापा बीच पछिल्लो समय सार्वजनिक घोचपेच बढेको छ । विकास निर्माण, कानुन संशोधन र सुशासनका विषयमा एक–अर्काप्रति कटाक्ष गर्ने क्रम जारी छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली ले पनि यस निर्वाचनलाई ‘देश बनाउने र देश जलाउनेबीचको चुनाव’का रूपमा व्याख्या गर्दै आएका छन् ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा एजेन्डामूलक बहसभन्दा आरोप–प्रत्यारोप र भावनात्मक नाराले बढी स्थान पाएको देखिन्छ । चुनावपछि पनि राजनीतिक सहकार्य र स्थिरता कायम रहने कि नहुने भन्ने विषयमा सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com