काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल १ हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्राप्त उजुरीमध्ये १ हजार ६१ वटा, अर्थात् करिब ९९ प्रतिशत उजुरीको फर्छ्यौट भइसकेको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ वटा उजुरी दर्ता भएका छन्।

advertisement

प्राप्त उजुरीमध्ये ९७ वटा लिखित रूपमा र ९७९ वटा टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका थिए। आयोगका अनुसार अधिकांश उजुरी तोकिएको मापदण्डभन्दा ठूलो आकारका तुल, ब्यानर र झन्डा प्रयोग गरेको सम्बन्धमा रहेका छन्।

यसका साथै सामाजिक सञ्जालको दुरुपयोग, डिजे तथा माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको लगायतका विषयमा पनि उजुरी परेको आयोगले जनाएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com