काठमाडौं। केपी शर्मा  ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रममार्फत मतदातामाझ पुगेका छन्। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उनले दमक लगायत विभिन्न स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो। उनले युवासँग देशको भविष्य, रोजगारी र विकासका विषयमा संक्षिप्त छलफल गरेका थिए।

advertisement

विशेषगरी दमक नगरपालिकाका विभिन्न वडामा पुगेका बेला स्थानीयले खानेपानी समस्या, सडक पूर्वाधारको स्तरोन्नति तथा सुकुम्बासी व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराएका थिए।

जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनालाई पूर्णता दिन र झापा–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

उनको सक्रिय घरदैलो कार्यक्रमसँगै झापा–५ मा चुनावी सरगर्मी उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com