काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले आज शनिबार मधेस प्रदेशका चार जिल्लामा चुनावी कार्यक्रमलाई तीव्रता दिने भएका छन्। उनले लालबन्दी (सर्लाही), रौतहट, बारा हुँदै वीरगञ्ज पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। यस क्रममा उनी रोड शोमा पनि सहभागी हुनेछन्।

सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यका मा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

advertisement

यसअघि उनले फागुन ६ गते जनकपुरधाम मा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए। त्यसपछि फागुन ७ गते राष्ट्रिय सभागृह मा प्रतिज्ञा पत्रबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

गत बिहीबार उनले सुर्खेत र बाँके मा चुनावी सभालाई सम्बोधन गरेका थिए भने शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्की मा भएका सभाहरूमा सम्बोधन गरेका थिए।

बुटवलको कार्यक्रममा उपसभापति पुष्पा भुषाल गौतम सहभागी थिइन् भने पोखरामा उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए। शनिबार सभापति थापा एक्लै मधेसका कार्यक्रममा जानेछन् भने आइतबार काठमाडौँको कार्यक्रममा उपसभापति शर्मा पनि सहभागी हुनेछन्।

यसैबीच उपसभापति विश्वप्रकाश शर्माको शनिबार तीन जिल्लामा कार्यक्रम रहेको छ। उनी पहिले गुल्मी को छत्रदेवमा मध्यान्ह १२ बजे सम्बोधन गर्नेछन्। त्यसपछि डोल्पा को जुफालमा दिउँसो १ बजे कार्यक्रम छ। त्यसपछि अछाम को साँफेबगर (२ बजे) र कमलबजार (३:१५ बजे) मा सम्बोधन गर्ने तालिका छ। अपरान्ह ४:२० बजे कमलबजारबाट उनी काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com