काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस प्रति देशभरबाट उत्साहजनक समर्थन र सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन्।

शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत कांग्रेसका महामन्त्रीसमेत रहेका पौडेलले देशभरका मतदाता र पार्टी समर्थकबाट प्राप्त हौसलाले आफूहरू थप ऊर्जावान बनेको बताए।

advertisement

उनले विभिन्न ठाउँबाट फोन तथा सन्देशमार्फत मतदाताले कांग्रेसलाई रूपान्तरणको दिशामा अघि बढाएको भन्दै अब देशलाई पनि रूपान्तरण गर्ने अभियानलाई अझ दृढताका साथ अगाडि बढाउन आग्रह गरेको उल्लेख गरे।

महामन्त्री पौडेलले पार्टीका नेता–कार्यकर्तालाई मतदातामाझ सक्रिय रूपमा पुग्न आग्रह गर्दै राजनीतिमा देखिएका विकृति र बेथिति अन्त्य गर्दै नयाँ ढंगले राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

साथै काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले उक्त क्षेत्रका मतदाताबाट प्राप्त स्नेह र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताए।

‘मतदाताहरूले देखाउनुभएको विश्वास र स्नेहले मलाई ठूलो ऊर्जा दिएको छ,’ उनले भने, ‘यसले अझ उत्साहका साथ अघि बढ्ने प्रेरणा दिएको छ।’

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com