काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि प्रचार–प्रसारको समय सकिन अब तीन दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेस का शीर्ष पदाधिकारीहरूको दौडधूप तीव्र बनेको छ।

विशेषगरी सभापति गगनकुमार थापा तथा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल गौतम को सक्रियता पछिल्ला दिनहरूमा उल्लेखनीय रूपमा बढेको छ।

advertisement

यसै क्रममा उपसभापति पुष्पा भुषाल गौतमले आज शनिबार दुई जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ। उनले नवलपुर र पाल्पा मा आयोजना हुने सभालाई सम्बोधन गर्नेछिन्।

नवलपुरको जलजले मा बिहान ११:३० बजे चुनावी सभा आयोजना गरिएको छ। त्यसैगरी पाल्पाको रामपुर मा आज साँझ ५:३० बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापति भुषालले जानकारी दिएकी छन्।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com