नेकपाका केन्द्रीय सदस्य पहाडी एमाले प्रवेश

एमाले प्रवेश कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लीला गिरी ले पहाडीलाई पार्टीमा स्वागत गरेका थिए।



रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी ले हालै नेकपा एमाले मा प्रवेश गरेका छन्।

एमाले प्रवेश कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लीला गिरी ले पहाडीलाई पार्टीमा स्वागत गरेका थिए। पहाडी हाल राष्ट्रिय दलित पत्रकार महासङ्घका अध्यक्ष पनि हुन्।

advertisement

एमालेमा प्रवेश गर्दै उनले राष्ट्रिय स्वाभिमान र पार्टीको दृढतालाई आफ्नो निर्णयको आधार बनाएको बताएका छन्। उनले एमालेमाथि भइरहेको घेराबन्दी र आक्रमणलाई लोकतन्त्र र गणतन्त्रमाथिको प्रत्यक्ष चुनौती भएको उल्लेख गरे।

पहाडीले आफ्नो पार्टी रोज्ने निर्णय कुनै लोभ वा लहडका कारण नभई स्पष्ट विचार र सिद्धान्तको आधारमा गरिएको बताए।

उनसँगै नेकपा रुपन्देहीका सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम पनि एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com