काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको आधार क्षेत्र मानिएको भक्तपुरको गुन्डुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह चुनावी क्याम्पेनमा पुगेका छन्।
रास्वपाले काठमाडौं उपत्यकामा बिहानैदेखि चुनावी अभियान जारी राखेको छ। जोरपाटीबाट हिँडेको रास्वपा टोली भक्तपुर–२ का उम्मेदवार राजीव खत्रीको प्रचारका निम्ति गुन्डुलगायतका क्षेत्रमा पुगेको हो।
उक्त क्षेत्रमा एमाले सचिव बस्नेत पनि उम्मेदवार रहेका छन्। यसअघि सो क्षेत्रमा नेपाली कांग्रेसले जित निकालेको थियो। अहिले कतिपय सर्वेक्षणले रास्वपाका खत्रीको पल्लाभारी रहेको देखाएको छ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया