काठमाडाैं । नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै बिद्रोह गर्नु निकै चुनतीको अवस्था रहेको बताए ।बिगत ३० बर्षको अवधिमा ३६ ओटा सरकार बनेपनी अस्थिर सरकारले जनतालाई न्याय दिन नसकेको उनले बताए ।
चुनाव प्रचार प्रसारका क्रममा आज प्रतापपुर र सुस्ता पुगेका चौधरीले कोण सभामा बोल्दै अस्थिर सरकारका कारण नागरिकको निरासा जेन्जी आन्दोलनमा परिणत भएको बताए ।आज लाखौ युवा बिदेशीनु पर्दा दिनहुँ जसो तिनका आमाबुबाका आँखामा आँसु हुने गरेको बताउदै उनले यहि नै लघु उधमको बिकास गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए ।”हरेक युवालाई सपना देख्ने अधिकार छ,स्थानीय स्तरमै रोजगारीको अवसर पाउनु पर्ने अधिकार छ,त्यो बाताबरण हामिले बनाउछौ,बदलिएको काङ्ग्रेसले बनाउछ”उनले भने ।

देशमा देखिएका बिद्यमान सबै समस्याको हल गर्नका लागि नै काङ्ग्रेसले नेतृत्व बदलेर जनतामाझ आएको उनले बताए ।

advertisement

पछिल्लो समय आफ्ना बारे समाजमा भ्रम छर्ने र नकारात्मक हल्लाहरु फिजाई बिचलित पार्ने प्रयासहरु भैरहेकाले त्यस्ता भ्रममा नपरी हरेक नागरिक आफू सग जोडिन सक्ने,प्रश्न गर्न सक्ने बाताबरण आफुले बनाएको चौधरीले बताए ।मतदाताहरुलाई नकारात्मक हल्लाको पछाडि नलाग्न समेत उनले आग्रह गरे ।

केराको चिप्स उद्योगको बिषयलाई लिएर राजनीति रुपमा रोटी सेक्न खोजिएको बताउदै उनले निकट भविष्यमै उधोग स्थापना हुने दावी गरे।”जुन क्षेत्रलाई मैले आफ्नो घर ठानेको छ र बिदेशमा समेत उद्योग कलकारखाना खोल्ने उधोगिले आफ्नो क्षेत्रमा अवश्य पनि उद्योग खोल्छ,रोजगारी दिन्छ,ढुक्क हुनुस”उनले भने

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com