एजेन्सी । इरान र इजरायलबीच चुलिँदै गएको सैन्य तनावले खाडी क्षेत्रका अन्य देशहरूलाई समेत प्रत्यक्ष प्रभाव पार्न थालेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रक्षेपित केही मिसाइलहरूलाई सुरक्षाकर्मीहरूले आकाशमै निष्क्रिय पारे पनि तिनका अवशेष जमिनमा खस्दा कम्तीमा एक जनाको ज्यान गएको जनाइएको छ।

यूएईको सरकारी समाचार एजेन्सीले उक्त आक्रमणलाई राष्ट्रिय सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन ठहर गरेको छ। साथै, यस्तो उक्साहटपूर्ण कदमविरुद्ध आवश्यक र कडा प्रतिक्रिया जनाउने अधिकार आफूमा सुरक्षित रहेको स्पष्ट चेतावनी दिएको छ।

advertisement

क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्दै गएपछि  टर्किस एयरलाइन्सले कतार, कुवेत, बहराइन, ओमान, लेबनान, सिरिया, इराक, इरान तथा जोर्डनका लागि तय गरिएका आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।

यसैबीच, फार्स न्युज एजेन्सीले खाडी क्षेत्रमा अवस्थित अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। इरानका अनुसार अल-उदेद एयर बेस कतार एयर बेस, यूएईको अल-धाफ्रा एयर बेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक आधार शिविरमाथि आक्रमण गरिएको छ।

यी घटनाक्रमसँगै खाडी क्षेत्रमा सुरक्षा जोखिम उच्चस्तरमा पुगेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com