काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने दाबी गरेका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिए ।
“बैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ”, थापाले भने ।
यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गतिसमेत तीव्र हुने उनको विश्वास छ ।
थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबीसमेत गरे ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया