गुल्मी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको वर्तमान विषम परिस्थितिलाई निकास दिन सक्ने ताकत नेपाली कांग्रेससँग मात्रै रहेको बताएका छन् । गुल्मी क्षेत्र नम्बर १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले देशलाई निकास दिन सक्ने अन्य पार्टी नभएको जिकिर गरे ।

उनले भने, “सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं । देश सम्हाल्ने विश्वास दिलाएका छन् । परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ ।”

advertisement

उपसभापति शर्माले थापा प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा आफूसहितका नेताहरूले सांसदहरूले सही मुद्दा उठाए वा नउठाएको हेर्ने र आफ्नो क्षेत्रमा प्रत्येक दुई महिनामा आएर मतदाताको समस्या बुझे कि नबुझेको झक्झकाउने बताए । उनले भने, “संसदमा नरहेका मसहितका साथीहरूले जितेको सांसदले सही मुद्दाको उठाए वा नउठाएको हेर्ने र आफ्नो क्षेत्रका प्रत्येक दुई महिनामा एक पटक आएर मतदाताको समस्या बुझे वा नबुझेको पार्टी कार्यालयमा बसेर झक्झकाउने काम गर्छौं ।”

उपसभापति शर्माले गुल्मीका मतदातालाई डा. चन्द्र भण्डारी जिम्मेवार र परिपक्व नेता भएकाले ढुक्क भएर जिताउन आग्रह गर्दै यो क्षेत्रबाट कांग्रेस निर्वाचित भएपछि गुल्मीको अधिकतम विकासमा ध्यान दिने बताए । उनले गुल्मीका मतदाता सामु भण्डारीले गरेका प्रतिबद्धता उनको मात्रै नभएर अब देशको नेतृत्व गर्ने कांग्रेसका सभापति थापाको पनि भएको उल्लेख गरे ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com