नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवारसहित ११३ जना नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।

चौधरीले रास्वपाबाट नवलपरासी (बसुपा) समानुपातिक सांसदका उम्मेदवार महेन्द्र हरिजनसहित ११३ जना कार्यकर्तालाई सामूहिक रूपमा नेपाली कांग्रेसमा भित्र्याएको जानकारी दिएका छन् । प्रवेश कार्यक्रममा उनले नवप्रवेशीहरूलाई स्वागत गर्दै भने, “परिवर्तनको यात्रामा विश्वास गर्दै कांग्रेस रोज्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ । परिवर्तनको सम्वाहक पार्टी नेपाली कांग्रेस हो, जेनजीको भावना र मर्म बुझ्ने पार्टी पनि नेपाली कांग्रेस नै हो ।”

advertisement

यो सामूहिक प्रवेशलाई आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ । नवलपरासी (बसुपा) क्षेत्रमा कांग्रेसका उम्मेदवार चौधरीलाई थप बल पुग्ने अनुमान गरिएको छ । रास्वपाबाट ठूलो संख्यामा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुले क्षेत्रीय समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।

चौधरीले प्रवेश गराउनेहरूलाई पार्टीको विकास, लोकतन्त्रको रक्षा तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धताका साथ स्वागत गरेको बताएका छन् । निर्वाचन नजिकिँदै गर्दा विभिन्न दल तथा समूहबीच हुने प्रवेश तथा सहकार्यले चुनावी माहोल थप रोचक बन्दै गएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com