एजेन्सी । इरानको दक्षिणी सहर मिनाबस्थित एक छात्रा विद्यालयमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणपछि मृत्यु हुनेको संख्या ११८ पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिपोर्टअनुसार आक्रमण शाजाबा तैयबा नामक विद्यालय परिसरमा भएको थियो। घटनास्थलबाट सार्वजनिक भएका भिडियोहरूको स्थान पहिचान पुष्टि गरिएको भन्दै सीएनएनले उक्त जानकारी दिएको हो।

advertisement

समाचारका अनुसार उक्त विद्यालय नजिकै रहेको इरानी सैन्य अड्डाबाट करिब २०० फिटको दूरीमा अवस्थित थियो। उपग्रहबाट प्राप्त तस्बिरहरूले विद्यालय र सैन्य अड्डा कुनै समय एउटै संरचनाको भागजस्तो देखिए पनि कम्तीमा सन् २०१६ यता ती दुई स्थल छुट्टाछुट्टै रूपमा सञ्चालनमा रहेको देखाएको छ।

आक्रमणपछि उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी राखेका छन्। भग्नावशेषभित्र अझै मानिस फसेको आशंका गरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com