काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या पश्चात् देशको संक्रमणकालीन चरणलाई व्यवस्थापन गर्न अस्थायी नेतृत्व परिषद गठन गरिएको त्यहाँको राज्य नियन्त्रित सञ्चारमाध्यमले आइतबार पुष्टि गरेको छ । संविधानमा उल्लेखित उत्तराधिकार सम्बन्धी प्रावधानअनुसार यो परिषद गठन गरिएको हो।

इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इरना) का अनुसार परिषदमा राष्ट्रपति मसूद पेजेश्कियान, न्यायपालिकाका प्रमुख तथा गार्डियन काउन्सिलका वरिष्ठ धर्मगुरु समावेश हुनेछन्। दिवंगत सर्वोच्च नेताका एक सहयोगीले तीन सदस्यीय परिषदले संक्रमणकालीन अवधिमा राज्य सञ्चालनको जिम्मेवारी लिने पुष्टि गरेका छन्।

advertisement

इरानको संविधानको धारा १११ अनुसार सर्वोच्च नेताको मृत्यु वा असमर्थता भएमा अस्थायी नेतृत्व परिषद गठन गरिन्छ, जसले नयाँ नेता नियुक्त नभएसम्म राज्य सञ्चालन गर्ने जिम्मेवारी पाउँछ। परिषदमा वर्तमान राष्ट्रपति, न्यायपालिकाका प्रमुख तथा गार्डियन काउन्सिलबाट चयन गरिएको एक धर्मगुरु रहने व्यवस्था छ।

सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको असेम्बली अफ एक्सपर्ट्सले चाँडै उत्तराधिकारी चयनका लागि परामर्श प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ। यी घटनाक्रमहरू क्षेत्रीय तनाव र इरानको राजनीतिक तथा सुरक्षा परिदृश्यमा बढ्दो अनिश्चितताबीच आएका हुन्।

न्यूयोर्क टाइम्सको हालैको रिपोर्टअनुसार, खमेनीले इजरायल र अमेरिकाबाट बढ्दो खतरा बीच आफ्नो सम्भावित हत्या वा हटाइने अवस्थालाई ध्यानमा राख्दै तयारी गरेका थिए। रिपोर्टले जनाएअनुसार उनले आफ्ना निकट सहयोगी अली लारिजानीलाई थप अधिकार दिँदै जनवरीमा भएको विरोध प्रदर्शनको समयमा प्रमुख जिम्मेवारी सुम्पेका थिए।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com