काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि १सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया