एजेन्सी । इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नयाँ कमान्डर–इन–चीफका रूपमा अहमद वाहिदी नियुक्त भएका छन्।

शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको संयुक्त हवाई आक्रमणमा आईआरजीसीका तत्कालीन प्रमुख मोहम्मद पाकपोर मारिएपछि वाहिदीलाई उक्त जिम्मेवारी दिइएको हो।

advertisement

इरानको नियमित सेनाभन्दा अलग संरचनामा रहेको आईआरजीसी देशको सैन्य मात्र नभई राजनीतिक र आर्थिक क्षेत्रमा पनि अत्यन्त प्रभावशाली संस्थाका रूपमा परिचित छ। यस संगठनले राष्ट्रिय सुरक्षा र रणनीतिक निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्दै आएको मानिन्छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com