काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा आइतबार भीमेश्वर नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रभावशाली नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्।

भीमेश्वर नगरपालिका वडा नम्बर ९, चिसापानीमा आयोजित विशेष कार्यक्रमबीच एमालेका पूर्व वडा पार्टी अध्यक्ष जीतबहादुर तामाङको नेतृत्वमा कांग्रेसमा भित्रिएका हुन् । एमाले त्याग्नेहरूमा जीवन तामाङ, सम्बर तामाङ र निमा दोर्जे तामाङ रहेका छन्।

advertisement

त्यस्तै रास्वपाबाट लालबहादुर तामाङ र धावासाङ तामाङ पनि कांग्रेसमा प्रवेश गरे। नयाँ पुस्ता (जेनजी) बाट प्रकाश तामाङसहित अन्य युवाहरू समेत उत्साहजनक रूपमा पार्टीमा आबद्ध भएका छन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्नेहरूमा ‘जेन-जी’भनिने नयाँ पुस्ताका युवाहरूको सहभागिता विशेष देखिएको छ। कांग्रेसको लोकतान्त्रिक विचार र वर्तमान नेतृत्वको कार्यशैलीबाट प्रभावित भएर आफूहरू यो अभियानमा जोडिएको उनीहरूले बताए । पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै जानुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीको स्वच्छ छवि, भ्रष्टाचार विरोधी अडान र तार्किक व्यक्तित्वका कारण अन्य पार्टीका कार्यकर्ताहरूमा समेत उत्साह थपिएको स्थानीयको बुझाइ छ ।

नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्व आवश्यक रहेको महसुस गर्दै वर्षौँदेखिको पार्टी साइनो तोडेर ‘रूख’ चिह्न रोजेको बताएका छन्।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com