काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मुल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया