कुवेत । सोमबार इजरायल–अमेरिका र इरानबीचको युद्धको तेस्रो दिनमा कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क CNN का अनुसार विमान कुवेतस्थित अमेरिकी एयर बेस नजिकै दुर्घटनाग्रस्त भएको हो। प्रसारित भिडियोमा विमानमा आगो लागेको र आकाशबाट टेलस्पिन गर्दै खसेको देखिन्छ।

advertisement

दुर्घटनाग्रस्त विमान कुन एयर बेसको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन सकेको छैन। विश्लेषकहरूले यो एफ–१५ ई वा एफ/ए–१८ जस्ता ट्विन–इन्जिन लडाकु विमानसँग मेल खाने बताएका छन्।

सीएनएनका अनुसार दुर्घटना अमेरिकी अली अल सालेम एयर बेसबाट करिब १० किलोमिटरभित्र भएको देखिन्छ। विमान किन दुर्घटनाग्रस्त भयो वा यसले कुन देशको वायुसेनालाई प्रतिनिधित्व गर्छ भन्ने कुरा अहिलेसम्म पुष्टि हुन सकेको छैन।

कुवेतले पनि एफ/ए–१८ जेट विमान प्रयोग गर्ने भएकाले दुर्घटनाग्रस्त विमान कुवेतको पनि हुन सक्ने अनुमान लगाइएको छ। अधिकारीहरूले दुर्घटनासम्बन्धी थप विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com