मुस्ताङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मृत्यु भएको छ।

थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मुस्ताङ भन्सार कार्यालयमा कार्यरत ३२ वर्षीय सुनिल घताने गम्भीर घाइते भएका थिए।

advertisement

आइतबार राति करिब ८ बजेतिर भएको दुर्घटनापछि उनलाई उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन्। उनका अनुसार घतानेको शव हाल मुस्ताङ अस्पतालमै राखिएको छ।

घताने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित झोङमा खटिएका थिए। उनी जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा कार्यरत रहेका थिए। कर्मचारीको निधन भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको स्थानमा अर्को कर्मचारी खटाइसकेको जनाएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com