काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा आगलागी लगायत दुर्घटनाको जोखिम बढ्ने भएकाले इन्धन सञ्चिति नगर्न अनुरोध गरेका छन्। उनले इन्धन आपूर्ति हाल नियमित रहेको र निर्वाचन अवधिभर पनि सहज रूपमा उपलब्ध हुने स्पष्ट पारे।
सोमबार जारी सूचनामार्फत उनले पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत निरन्तर भइरहेको र आगामी निर्वाचनका बेला समेत पर्याप्त परिमाणमा आपूर्ति जारी रहने जानकारी दिएका छन्। साथै, सम्भावित आगजन्य जोखिमलाई ध्यानमा राख्दै जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको समेत उल्लेख गरेका छन्।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया