काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। यसअघि साेमबार प्रतितोला तीन लाख २६ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा काराेबार भएको चाँदी आज पाँच हजार ८१५ रुपैयाँ ताेकिएको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया