काठमाडौं । दुर्गा प्रसाईंको बंदी प्रत्यक्षीकरण रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रसाईं पक्षका अधिवक्ताद्वारा पेश रिट निवेदनमा सुनुवाइ सम्पन्न भएको हो। प्रसाईंका अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा उक्त रिट दर्ता गरेका थिए। सुनुवाइ पूरा भइसकेको भए पनि हाल आदेश आउन बाँकी छ।
मेडिकल व्यवसायी प्रसाईं फागुन १७ गते भक्तपुर बाट पक्राउ परेका थिए। उनमाथि निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाइएको थियो।
प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ परेर छोडिने गरेका थिए। उनले फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेका छन्।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार











प्रतिक्रिया