काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेको बताएका छन्।

गोरखा नगरपालिकामा आयोजित गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै उनले ओलीले भित्री मनदेखि संविधान स्वीकार नगरेको टिप्पणी गरे ।

advertisement

ओली शक्तिमा पुग्नासाथ राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेको आरोप लगाए । ओलीले संविधान च्यात्ने काम गरेपछि आफ्नै प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उनले बताए ।

उनले भने, ‘शेरबहादुरजीलाई मैरै प्रस्तावमा प्रधानमन्त्री र गठबन्धनको लागि प्रस्ताव गरेको हुँ । उहाँलाई संख्या पुग्दैन कि भन्ने द्विविधा थियो । तर, माधव नेपाल, नारायणकाजीजीसहितले विश्वास दिलाएपछि तयार हुनुभयो ।’

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com